नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलम सांसद पदबाट निलम्बित भएका छन् । संसद सचिवालयले सोमबार सूचना जारी गरी आलम निलम्बनमा परेको जानकारी गराएको हो ।
रौटहट क्षेत्र नं २ बाट निर्वाचित सांसद आलम आइतबार पक्राउ परेका थिए । २०६४ चैत २७ राति रौतहटको राजपुर खरदवामा भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका आलमलाई जिल्ला प्रहरी कार्यालय रौटहटमा राखिएको छ ।
२०६५ असार ३० गते महान्यायाधीवक्ताको कार्यालय मार्फत जिल्ला सरकारी कार्यालय रौतहटले अनुसन्धान प्रतिवेदन हेरेर मुद्दा नचलाउने निर्णय गरेको थियो ।
२०६९ जेष्ठ १४ तत्कालिन न्यायाधीश शुशीला कार्कीको इजलासले जघन्य अपराधमा छानबिन गरेर मुद्दा चलाउने आधार हुँदा हुँदै अनुसन्धान नगरेकोमा सुरुबाट अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय रौतहटलाई आदेश दिएको थियो । सर्वोच्चको आदेश पालना नगरेको भन्दै घटनाका पीडित परिवारले अदालतको मानहानी भएको भन्दै पुनः सर्वोच्चमा निवदेन दिएका थिए ।
































प्रतिक्रिया