महिला क्रिकेट : टि–ट्वान्टी बरियतामा सुधार

महिला क्रिकेट : टि–ट्वान्टी बरियतामा सुधार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले जारी गरेको नयाँ बरियतामा नेपाल एक स्थान उक्लेको छ । आइसिसीले सार्वजनिक गरेको महिला टि–ट्वान्टी क्रिकेटको बरियतामा एक स्थान सुधार गर्दै नेपाल १४ औँ स्थानमा उक्लिएको हो ।

यस अघि आइसिसी बरियतामा नेपाल १५ औँ स्थानमा थियो । नयाँ बरियता अनुसार नेपालले १७ खेलबाट १२८ रेटिङ पाएको छ । नयाँ बरियतामा अष्ट्रेलिया पहिलो, इङ्ग्ल्याण्ड दोस्रो तथा न्युजिल्याण्ड, वेष्ट इण्डिज र भारत क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा छन् ।

आइसिसीको टि–ट्वान्टी महिला खेलाडीको बरियतामा नेपालकी सीता राना मगर र नेरी थापा समावेश भएका छन् । नेपालकी उपकप्तान सीता अलराउण्डरतर्फ ५८ औँ स्थानमा अटाएकी छिन् भने ब्याटिङतर्फ उनी ८३ औँ स्थान रहेकी छिन् । बलिङतर्फ पूर्व कप्तान थापा ९२ औँ स्थानमा रहेकी छन् ।

Skip This
Skip This
Logo