काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिनको नेपाल भ्रमणलाई लिएर पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गुनासो व्यक्त गरेका छन् । नेपालको भ्रमणका क्रममा भएको राजनीतिक भेटवार्ताप्रति समाजवादी पार्टीका अध्यक्ष समेत रहेका डा. भट्टराईले गुनासो व्यक्त गरेका हुन् ।
चिनियाँ राष्ट्रपति सी सँग मधेशवादी दलका नेताहरूसँग भेटवार्ता नगराएको प्रति आपत्ति जनाउँदै डा. भट्टराईले अबदेखि यस्ता गल्ती नगर्न सबैलाई सचेत गराएका छन् ।
उत्तर छिमेकीले मधेश/तराई मात्र हेर्ने गलत परम्परा बस्न र भावनात्मक दूरी बढ्ने सक्ने भन्दै भट्टराईले भविश्यवमा यस्ता संवेदनशीलतामा ध्यान दिनुपर्नेमा जोड दिए ।
दुई दिने नेपालको राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा शीर्ष नेताहरू लगायतसँग भेटवार्ता गरेका थिए । तर मधेशवादी दलका नेताहरूसँग भने भेट गरिएको थिएन् । शनिवार नेपालको भ्रमणमा आएर सी आइतबार स्वदेश फर्किएका छन् ।
२. उत्तरी छिमेकका राष्ट्रपतिलाई मधेसकेन्द्रित वा आधार भएका दलका नेताहरूसंग पनि भेटाउनुपर्थ्यो;अन्यथा उत्तरी छिमेकीले हिमाल/पहाड र दक्षिण छिमेकीले मधेस/तराई मात्र हेर्ने गलत परम्परा बस्न र भावनात्मक दूरी बढ्न सक्छ! भविष्यमा यस्ता संवेदनशीलतामा ध्यान पुगोस्! तैपनि सबैको जय होस्! pic.twitter.com/V7m9D6VioY
— Baburam Bhattarai (@brb1954) October 13, 2019































प्रतिक्रिया