काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिष्टले न्यायपालिका लगायत सम्पूर्ण राज्यसंयन्त्रमा भागवण्डा गरेर पार्टी निकट व्यक्तिहरू भर्ती गरेका आरोप लगाएका छन् । सामाजिक संजाल ट्वीटरमा एक सन्देश लेख्दै आज उनले यस्तो आरोप लगाएका हुन् ।
उनले भनेका छन् ,
२०६३ सालपछि कांग्रेस, कम्युनिष्टले न्यायपालिका लगायत सम्पूर्ण राज्यसंयन्त्रमा भागवण्डा गरेर पार्टी निकट व्यक्तिहरू भर्ती गरेका छन् । त्यसैले अपवाद बाहेक न्याय दुर्लभ भएको छ। अरूलाई ख्वाउन पालेको बाघले एकदिन आफैंलाई खान सक्छ भन्ने चेतना सडकको चिसो भुइँमा बसेका प्रचण्ड, नेपाललाई भएकै होला ।

यस्तै अर्को ट्वीटमा उनले पार्टी विभाजनको घटना स्मरण गर्दै आफ्नो जस्तो नियति प्रचण्डले भोग्नु नपरोस् भनेका छन् ।
थापा लेख्छन् ,
पार्टी वैधानिकताको दावि गर्दै निर्वाचन आयोगमा प्रचण्डले निवेदन दिंदै गर्दा म राप्रपा विभाजनको घटना सम्झिरहेको छु।तत्कालिन प्रम प्रचण्डको प्रत्यक्ष दवाव र प्रभावमा त्यसवेला विना सनाखत कानुन विपरित आयोगले राप्रपा विभाजन घोषणा गरेको थियो । प्रचण्डले त्यही नियति भोग्नु नपरोस। मेरो शुभकामना ।































प्रतिक्रिया