काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपालको दुईदिने भ्रमणका लागि काठमाडौं आएका छन् । राष्ट्रपति सी जिनपिङ भारतको चेन्नईबाट एयर चाईनाको विशेष विमानबाट शनिबार अपरान्ह ४ बजेर ४५ मिनेटमा काठमाडौं आएका हुन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गरेकी थिइन् । यसैगरी राष्ट्रपति सीलाई विमानस्थलमा पञ्चकन्याले फुलको माला दिएर स्वागत गरेका थिए । राष्ट्रपति सीलाई विमानस्थलमा नै नेपाली सेनाले सम्मानगारथ अर्पण गरेको थियो भने सो अवसरमा दुवै देशको राष्ट्रिय धुन पनि बजाईएको थियो ।
सम्मानगारथ पछि राष्ट्रपति सीलाई प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्द बहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री तथा मन्त्रीहरु र उच्च पदस्थ अधिकारीहरुले विमानस्थलमा सम्मान गरेका थिए ।































प्रतिक्रिया