चिनियाँ राष्ट्रपति सी जिनपिङ आज दिउँसो नेपाल आउँदै छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलले आज दिउँसो २ः५५ देखि ५ः५५ बजे विमानस्थल बन्द गरिने भएको छ ।
तर, अहिलेदेखि नेपाली आकाशमा केही विमानहरू होल्ड भएका छन् । दुबईबाट आएको नेपाल वायु सेवा निगमको जहाज आकाशमा ४ फन्को घुमेर भर्खरै अवतरण गरिएको छ।
अहिले चीनको ग्वान्जाओबाट आएको आएको विमान निजगढ आसपासको आकाशमा घुमिरहेको छ । शनिबार ३३ वटा विमानको उडान तालिका परिवर्तन गरिएका छन् ।
































प्रतिक्रिया