काठमाडौं । नेपाल भ्रमणको पूर्वसन्ध्यामा चिनियाँ राष्ट्रपति सी जिनपिङले दुवै देशले गर्नुपर्ने कामबारे प्रकाश पारेका छन् । एउटा आलेख लेख्दै राष्ट्रपति सी ले आफ्नो नेपाल भ्रमण पहिलो पटक भए पनि नेपालबारे पूर्ण जानकारी रहेको बताएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्बोधन गर्दै सी ले नेपालको भ्रमण गर्न पाउँदा आफु निकै उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।
नेपालमा सानदार पहाड र नदीहरूले आफुलाई कहिल्यै अपरिचत नबनाएको उनको भनाइ छ । नेपालको विशिष्ट संस्कृतिबारे पनि आफु जानकारी रहेको सी को भनाइ छ । नेपाल भ्रमणको क्रममा मैत्री नवीकरण र सहयोगबारे वार्तालाप गर्न आफु आतुर रहेको बताएका छन् ।
नेपाल भ्रमणको क्रममा द्विपक्षीय सम्बन्धको विकासका लागि नयाँ खाका योजना बनाउन सक्नेमा उनी आशावादी देखिएका छन् । उनको आलेखको पूर्ण पाठ तलको भिडियोमाः





























प्रतिक्रिया