प्रहरीले ९ घण्टा बन्धक बनाएर बयान फेर्न लगायो : रोशनी शाही

प्रहरीले ९ घण्टा बन्धक बनाएर बयान फेर्न लगायो : रोशनी शाही

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,
निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लगाउने रोशनी शाहीले आफूलाई प्रहरीले ९ घण्टासम्म बन्धक बनाएको भन्दै आफ्नो भनाई अर्को पटक फेरेकी छिन् ।

यस सम्बन्धमा रोशनीले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो खुलासा गरेकी हुन् । शुक्रबार हस्तलिखित प्रेस विज्ञप्ती जारी गर्दै महरा निर्दोष रहेको भनी आफूले १५ असोजमा प्रहरीमा दिएको निवेदन नै आधिकारिक भएको समेत उनले बताइन् ।

‘असोज १७ गते करिब ८ः४५ बजे प्रहरी बृत्त बानेश्वरले मलाई सोधपुछका लागि भनेर बोलाई करिब ९ घण्टासम्म बन्धक बनाई मनोवैज्ञानिक तथा मानसिक दबाव दिएर कृष्ण बहादुर महराले करणी प्रयास गरेको निवेदन दर्ता गर्न लगाइएको हो,’ रोशनीले आफ्नो विज्ञप्तिमा भनेकी छिन् ।

उनले आफूले घटनाको सत्यतथ्य सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न खोजेको तर प्रहरीले नदिएको पनि दाबी गरिन् । उनले आफ्नो मानसिक स्वास्थ्य अवस्थाको गलत फाइदा लिँदै पत्रकारले समेत बंग्याएर समाचार प्रशारण गरेको आरोप लगाएकी छिन् ।

रोशनीले सो विज्ञप्तिमा पत्रकार तथा हाम्राकुरा डटकमका प्रधानसम्पादक अजयबाबु सिवाकोटीलाई साइबर क्राइममा मुद्दा हाल्ने चेतावनी समेत दिएकी छिन् । यस्तो छ उनको प्रेस विज्ञप्ती

Skip This
Skip This
Logo