नुवाकोट ।
तोकिएकै समयमा निर्वाचन होला कि नहोला भनेर आशंका गर्नुपर्ने अवस्था नरहेको उपप्रधानमन्त्री ईश्वर पोखरेलले बताएका छन् । नुवाकोटको विदुर नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आयोजनामा सोमबार भएको पत्रकार सम्मेलनमा उनले तोकिएकै समयमा निर्वाचन हुने प्रष्ट पारेका हुन् ।
“निर्वाचन नचाहने पक्षले निर्वाचन आयोगलाई धम्की दिइरहेका छन् । दल दर्ता, निर्वाचन कार्यक्रम सञ्चालन नगर भनिरहेका छन् । गलत दबाव र धम्कीले निर्वाचन रोकिँदैन”, उपप्रधानमन्त्री पोखरेलले भने ।
मुलुकलाई अस्थिरता र प्रतिक्रान्तितिर लैजाने षड्यन्त्र रोकेर मुलुकलाई स्थायित्व दिनका लागि निर्वाचन गर्न लागिएको स्पष्ट पार्दै उनले नेकपा सचिवालय सदस्य पोखरेलले अदालतले गरेको निर्णयलाई स्वीकारिने बताए ।
पत्रकार सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पार्टी नेतृत्वलाई प्रतिक्रान्तिबाट बचाउनका लागि नै नयाँ जनादेश प्राप्त गर्न निर्वाचनमा जानुपरेको तर्क राखे ।































प्रतिक्रिया