चीनका राष्ट्रपति सी आज भारत जाने

चीनका राष्ट्रपति सी आज भारत जाने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिनपिंगबीच चेन्नाईको महाबलीपुरममा भेटवार्ता हुँदैछ । तमिलनाडु राज्यको समुद्र किनारस्थित ऐतिहासिक महत्व रहेको ठाउँमा दुई ठूला राष्ट्रका नेता भेटघाट गर्नेछन् ।

सी ११ देखि १२ अक्टोबरसम्म भारतको यात्रामा छन् । सी र मोदीको भेटघाटका लागि महाबलीपुरम छनौट गरिएको छ ।

महाबलीपुरम चेन्नाईबाट करिब ६२ किलोमिटरको दूरीमा छ । यो ठाउँ यूनेस्कोको सूचीमा रहेको ऐतिहासिक धरोहर मध्ये एक हो । एक पत्थरलाई काटेर बनाइएको रथ, पल्लव वंशको गुफा र मंदिर त्यहाँका प्रमुख पर्यटन स्थल हुन् ।

सी को स्वागतका लागि त्यस क्षेत्रमा सुरक्षा व्यवस्था उच्च पारिएको छ भने सडक मर्मत गरेर चिटिक्क पारिएको छ । सबै प्रमुख क्षेत्रमा सिसिटिभी लगाइएको छ । स्थानीय प्रहरीले होटलमा रहनेहरुको विवरण पनि तयार पारेको छ ।
एजेन्सी

Skip This
Skip This
Logo