मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ

मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

ट्राफिक प्रहरीले मोटरसाइकल चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले बा८१प ५२७५ नम्बरको कालो रङ्गको २२० सीसीको पल्सर मोटरसाइकल चोरी गर्ने रामेछापको मन्थली नगरपालिका–१२ का २५ वर्षीय रामशरण मिजार र १९ वर्षीय सुवास मिजारलाई बिहीबार साँझ लगनखेलबाट पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले काठमाडौँको कपनबाट हराएको मोटरसाइकलसहित लगनखेलबाट दुई जनालाई पक्राउ गरिएको जानकारी दिए । अभिषेक ढकालले दिएको निवेदनका आधारमा दुई जनालाई पक्राउ गरिएको उनको भनाइ छ ।

महाशाखाले पक्राउ परेका व्यक्ति र मोटरसाइकललाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि महानगरीय प्रहरी वृत्त बौद्ध पठाएको छ ।

Skip This
Skip This
Logo