जब महराले प्रहरी भ्यानमा चढ्न अस्वीकार गरे

जब महराले प्रहरी भ्यानमा चढ्न अस्वीकार गरे

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । बलात्कार प्रयास गरेको आरोपमा निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रहरी नियन्त्रणमा छन् । नियन्त्रणमा लिन प्रहरीको एक टोली सभामुखको सरकारी निवास गएको थियो ।

महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी दुर्गाराज रेग्मी नेतृत्वको टोली आइतबार अपराह्न महरा बस्दै आएको सरकारी निवास पुग्दा बाहिरबाट पुरै गेट लगाइएको थियो । गेट खोलेर भित्र पुगेको प्रहरी टोलीले महरालाई प्रहरी कार्यालय जान आग्रह ग¥यो । प्रहरीको भ्यान उनको निवास पुग्दा बाहिर पत्रकारको भिड लागिसकेको थियो ।

डिएसपी रेग्मी नेतृत्वको टोलीले जिल्ला अदालतबाट जारी गरिएको पक्राउ पुर्जी देखाउँदै महरालाई प्रहरी कार्यालय जान भनेका थिए । तर महराले अर्कै अडान राखे । उनले आफु प्रहरी भ्यानमा नजाने र निजी गाडि चाहिने अडान राखे । त्यसपछि प्रहरीले निजी गाडिको व्यवस्था गर्‍यो । ‘म प्रहरीको भ्यानमा चढ्दिन । निजी गाडिमा जान्छु ।’ महराले प्रहरीसँग भने ।

महराले अडान राखेपछि प्रहरीले बा१६च २९५८ नम्बरको कालो रंगको कारको ब्यवस्था गर्‍यो ।  तर उनी आफैैंले प्रयोग गर्ने  बा १८ च ४०० नम्बरको निजी गाडीमा गए । गाडिको व्यवस्था गर्दासम्म प्रहरीले महरालाई आफ्नै नियन्त्रणमा राखेको थियो । निजी गाडिमा राखेर प्रहरीले उनलाई निकै स्पिडमा प्रहरी कार्यालय लगेको थियो । त्यहाँ उपस्थित पत्रकारले फोटो समेत खिच्न पाएनन् ।

संसद सचिवालयकी महिला कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले पक्राउ गर्ने अनुमति दिएको थियो । अदालतको अनुमतिसँगै प्रहरीले महरालाई पक्राउ गरेको हो ।

शाहीले महानगरीय प्रहरी वृत्त बानेश्वरमा आफूमाथि महराले बलात्कार प्रयास गरेको भन्दै किटानी जाहेरी दिएपछि महरालाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन प्रहरीलाई बाटो खुलेको थियो। प्रहरीले शुक्रबार नै पीडित महिलाको स्वास्थ्य परिक्षण गराइसकेको छ भने उनको कोठाबाट प्राप्त प्रमाणहरुको पनि फोरेन्सिक जाँच गरिसकेको छ।

दुवैको रिपोर्ट आएनआएको बारे भने कुनै जानकारी दिइएको छैन। रोशनीले स्वास्थ्य परिक्षण गराउन राजी भएसँगै किटानी जाहेरी दिन पनि राजी भएकी हुन् ।

गत आइतबार राति महरा पीडित महिला रोशनीको कोठामा पुगेर बलात्कार प्रयास गरेको किटान जाहेरी प्रहरीमा दर्ता भएको छ। महराले सभामुखबाट राजीनामा दिए पनि सांसद् पद छाडेका छैनन् । उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।

निवर्तमान सभामुख महरा पक्राउ, सांसद पद पनि गयो

Skip This
Skip This
Logo