कञ्चनपुर । प्रहरीले तीन भारतीय जोगीलाई पक्राउ गरेको छ । बेदकोट नगरपालिका–१ चम्फापुरबाट आइतवार दिउँसो भारतीय मूलका तीन जोगीलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक नैनसिंह साउँदले जानकारी दिए ।

सामाजिक सञ्जालमा बच्चाको मृगौला चोर्ने व्यक्तिहरुको बिगबिगी खालको सामाग्री सार्वजनिक भइरहेको बेला चम्फापुर गाउँ प्रवेश गरेका ती जोगीहरु स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।

मृगौला चोर्नका लागि गाउँ प्रवेश गरेको भन्दै स्थानीयले नियन्त्रणमा लिएर कुटपिट समेत गरेका थिए । बालबालिकाको मृगौला चोर्ने मनस्थितीले गाउँ प्रवेश गरेको भन्दै स्थानीयले प्रहरीमा खबर गरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक साउँदको भनाइ छ ।

नियन्त्रणमा लिइएका जोगीहरुलाई केहीबेरमा छाडिएको छ । भने जस्तो अहिलेसम्म कोही पीडित सम्पर्क नआएको र जोगीमाथी पनि खोजतलासी गर्दा सो प्रकृतिका नभेटिएकाले छोडिएको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया