विवेकशीलका नेताले आफै लगाए कालोमोसो र जुत्ताको माला (भिडियो सहित)

विवेकशीलका नेताले आफै लगाए कालोमोसो र जुत्ताको माला (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

तत्कालिन सभामुख कृष्णबहादुर महरा काण्डले आफूलाई लज्जाबोध भएको भन्दै विवेकशील नेपाली दलका केन्द्रीय सदस्य शशीविक्रम कार्कीले आफ्नो अनुहारमा कालोपोतो दलेर जुत्ताको माला लगाएका छन् ।

देशमा हुने यस्ता विकृतिपूर्ण घटनाको सम्बन्ध संसददेखि जनतासम्म हुने भन्दै यतातर्फ आफूले कुनै भूमिका खेल्न नसकेकोमा आफूलाई गैरजिम्मेवार ठान्दै अनुहारमा कालोपातो लगाएको बताएका छन् ।

‘हामीले यो देशमा राजतन्त्र हटायौं । किन हटायौं किनकी राजाहरु नागरिक भन्दा माथि हुन्थे । अबको समयमा कोही पनि निश्चित परिवारमा जन्मेकै आधारमा माथि र तल हुनु हुन्न । लोकतन्त्र ल्यायौं । कानुनको नजरमा सबैको हैसियत समान हुन्छ । कानुनले सबैलाई समान व्यवहार गर्छ भनेरै लोकतन्त्र ल्यायौं ।’ उनले सार्वजनिक गरेको भिडियोमा भनिएको छ।

उनले समग्र नेपालीलाई पनि आफ्नो अनुहारमा कालो पोतेर जुत्ताको माला लगाउन आग्रह गरेका छन् ।

कोही व्यक्तिका लागि प्रहरी प्रशासन सक्रिय हुने त कोहीका लागि मौन बस्ने गरेको भन्दै उनले भनेका  छन्, ‘सभामुख कृष्णबहादुर महरालाई गम्भीर आरोप लाग्छ । महिलाले भिडियोमा सबै आफूलाई यौन शोषण भएको कुरा राख्छिन् । तर प्रहरी प्रशासन मौन बस्छ ।’

 

Logo