आज बिहीबार सुनको भाउ ह्वात्तै बढेको छ। आज सुनको मूल्य ११ सय रुपैयाँले बढेको हो ।
बुधबार छापावाल सुन प्रतितोला ६९ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज ७० हजार ९ सय रुपैयाँ कायम भएको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुन ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यता चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको हो ।































प्रतिक्रिया