काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार २०० जना पुगेको छ । आज ६०८ जना नयाँ संक्रमित थपिएका छन् ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८१६ पुगेको छ । आज मात्र ९ जनाको मृत्यु भएको छ ।
कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख ४८ हजार २५२ पुगेको छ । आज निको हुनेको संख्या ८९२ रहेको छ ।
आजको पिसिआर परीक्षण ४ हजार १४२ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १९ लाख ३९२ रहेको छ । आज ७ हजार ९२ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।
काठमाडौं उपत्यकामा आज २७९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा २१२, भक्तपुरमा २० र ललितपुरमा ४७ संक्रमित थपिएका छन् ।
यससँगै काठमाडौंमा अब ९५ हजार ६४६ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ८ हजार ७५९ जना कोरोना संक्रमित छन् । ललितपुरमा १४ हजार ९९९ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या १ लाख २० हजार ५३ पुगेको छ ।





























प्रतिक्रिया