काठमाडौं,
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्राविधिक र आर्थिक क्षेत्रमा भारतीय सहयोग प्रशंसा गरेका छन् ।
भारतीय प्राविधिक तथा आर्थिक सहकार्य दिवसको अवसरमा भारतीय राजदूतले आयोजना गरेको विशेष समारोहमा बोल्दै मन्त्री पण्डितले सो कुरा बताएका हुन् । भारतले पहिलेदेखि अहिलेसम्म नेपालको विकास तथा विभिन्न क्षेत्रमा पुर्याएको योगदान र सहयोग भविष्यमा पनि निरन्तर रहने उनको विश्वास थियो ।
कार्यक्रममा भारतीय राजदूत मन्जिभसिंह पुरीले प्राविधिक र आर्थिक क्षेत्रको सहकार्यबाट द्विपक्षीय सम्बन्ध बलियो हुने विश्वास व्यक्त गरे। हाइटेक कोर्षले हरेक क्षेत्रमा व्यवसायिक र दक्ष मानिस उत्पादन गर्ने गरेको बताउँदै पुरीले हालसम्म विभिन्न देशका २ लाख मानिस लाभान्वित भएको बताए।































प्रतिक्रिया