सभामुख महराद्वारा पदबाट राजीनामा

सभामुख महराद्वारा पदबाट राजीनामा

केन्द्रबिन्दु
0
Shares

सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् । यौन दूराचारको आरोप लागेका महराले मंगलबार पदबाट राजीनामा दिएका हुन् ।

यौन दूराचारको आरोप लागेपछि महराले पार्टीका शीर्ष नेताहरुसँग परामर्श गरेका थिए । त्यस्तै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवाल बैठकले पनि पदबाट राजीनामा दिन महरालाई सुझाएको थियो ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकले महराले दुवै पदबाट राजीनामा दिएर छानविन प्रक्रियालाई सघाउनुपर्ने निर्णय गरेको थियो  ।

 

Logo