सभामुख कृष्णबहादुर महराले आज राजीनामा दिने बुझिएको छ ।
घटना सार्वजनिक भएलगतै चौतर्फी दवाव बढेसँगै महराले उच्चस्तरीय भेटघाट तिव्र पारेका थिए। उच्च अधिकारीहरुले जनताको आक्रोश बढ्न सक्ने आंकलन गर्दै राजीनामा दिन सुझाव दिएपछि महराले सभामुख पदबाट राजिनामा दिने तयारी गरेको हो।
महराले प्रधानमन्त्री केपी शर्मा ओली, पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका नेताहरुसँग छलफल गरेका थिए। प्रधानमन्त्रीले नेताहरूलाई आफ्नै निवासमा छलफलका लागि बोलाएका छन् । नेकपाका केही नेताहरुले अध्यक्ष प्रचण्डलाई भेटेरै महरालाई राजिनामा गराउन आग्रह गरेका थिए ।
सचिवालयमा कार्यरत एक महिला कर्मचारीले सभामुख महराले आइतबार राति आफ्नै निवासमा आएर यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।
सभामुखको निजी सचिवालयले भने आरोपको खण्डन गरेको छ ।































प्रतिक्रिया