विषालु च्याउ खाँदा एकै परिवारका १२ बिरामी

विषालु च्याउ खाँदा एकै परिवारका १२ बिरामी

केन्द्रबिन्दु
0
Shares

मलंगवा,

विषालु च्याउ खाँदा सर्लाहीको इश्वरपुर नगरपालिका ११ भलुवाइका एकै परिवारका १२ जना बिरामी परेका छन्। आइतवार राती करिब साढे १० बजे जंगलबाट ल्याएका च्याउ पकाएर खाँदा बृजकुमार माझीका पुरै परिवार बिरामी परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

बिरामी पर्नेमा माझीका ५५ वर्षीया श्रीमती राजकुमारी माझी, ३२ वर्षीय छोरा पल्टु माझी, २८ वर्षीया बुहारी सबिता माझी, ६ वर्षीया नातिनी रिन्कु माझी, ४ वर्षीय नाती अविनाश माझी, ३१ वर्षीय माइला छोरा बिल्टु माझी, उनकी २७ वर्षीया श्रीमती अन्जु देवी माझी, बिल्टुका १० वर्षीय छोरा अमित माझी, ५ वर्षीया छोरी प्रियंका माझी र ३ वर्षीया छोरी मेनुका माझी रहेको प्रहरीले जनाएको छ।

बिरामी भएका बृजकुमार माझीलाई स्थानीय अमृत हेल्थ केयर बयलबासमा उपचार पश्चात थप डिस्चार्ज गरिएको छ। बाँकी ११ जनालाई थप उपचारका लागि जनकपुर पठाइएको प्रहरीले जनाएको छ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo