सुन र पैसा लुट्न कपनमा महिलाको हत्या, ५ जना पक्राउ

सुन र पैसा लुट्न कपनमा महिलाको हत्या, ५ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । असोज १ गते कपनमा एक महिलाको हत्या गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । ५५ वर्षीया कमला कार्कीको हत्यामा संलग्न पाँच जनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा मकवानपुरका सोमलाल थिङ, ओखलढुंगाका पासाङ तामाङ, रौतहटकी पासाङ तामाङ, ओखलढुंगाका पासाङ शेर्पा र रामकृष्ण कार्की छन्। उनीहरूलाई राजधानीका विभिन्न स्थानबाट शनिबार र आइतबार पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

कपनको तेन्जिङ चोकनजिकैको खाजा पसलको भित्रपट्टी आफ्नै कोठामा कार्कीको हत्या गरेर हात खुट्टा बाँधेको अवस्थामा शव फेला परेको थियो । उनलाई नशालु पदार्थ सेवन गराएर सुनको गहना र रकम लुटेको परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

‘बियरमा लठ्याउने औषधि मिसाएर खुवाइएको अनुसन्धानमा खुलेको बोगटीको भनाइ छ । सुन र पैसा लुट्नकै लागि हत्या योजना बनाएको देखिएको छ । कमला त्यहाँ किराना पसलसँगै रक्सी पसल चलाउँदै आएकी थिइन् । हत्या गर्ने व्यक्ति र उनीबीच पहिलेदेखि चिनजान रहेको अनुसन्धानमा खुलेको छ ।

कमलाको साथमा रहेका चार वटा सुनका औंठी र ४५ हजार रुपैयाँ लुटेको प्रहरीले जनाएको छ । उनीहरूले मदिरा पिउन आग्रह गरेका थिए । त्यसपछि उनले मदिरा पिइन् । तर मदिरामा उनीहरूले नशालू पदार्थ मिसाएका थिए । उनी लठ्ठिएको बेला हातबाट औंठी झिक्न खोजेका थिए । त्यसपछि उनले प्रतिकार गरेपछि घाँटी थिचेर हत्या गरिएको प्रहरीको भनाइ छ।

कपनमा हातमुख बाँधेर एक महिलाको हत्या

Skip This
Skip This
Logo