काठमाडौं,
कुमारी बैंकको १९ औं वार्षिक साधारणसभाले सेयर धनीहरुलाई आव २०७५/०७६ को लागि १० प्रतिशत बोनस सेयर तथा बोनस सेयरको कर प्रयोजनार्थ ०.५२६ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
सो बोनस सेयर जारी पश्चात कुमारी बैंकको चुक्ता पुँजी ९ अर्ब ५५ करोड रुपैयाँ हुने पनि बैंकका अध्यक्ष अमिरप्रताप जबराले जनाए ।
जबराको अध्यक्षतामा नक्सालस्थित नक्साल ब्यानक्वेटमा सम्पन्न भएको उक्त साधारणसभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०७५ /०७६ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पुँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको पनि बैंकले जनाएको छ ।































प्रतिक्रिया