चार्डपर्व लक्षित गर्दै एक साताका लागि बाटो इजाजत खुला

चार्डपर्व लक्षित गर्दै एक साताका लागि बाटो इजाजत खुला

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

दशैँका लागि घर जाने यात्रुलाई सहज र व्यवस्थित बनाउन आइतबारदेखि सार्वजनिक यात्रुवाहक सवारीसाधनको बाटो इजाजतपत्र (रुट परमिट) खुला गरिएको छ ।

सरकारले असोज १९ गतेसम्मका लागि एउटा रुटको अनुमति लिएको सवारीसाधन देशका जुनसुकै रुटमा चल्ने गरी खुला गरेको हो । यस्तै १० चक्के वा सो भन्दा बढी चक्का भएका ठूला मालवाहक सवारीसाधन चितवनको नारायणघाटदेखि काठमाडौँ आगमनमा रोक लगाइएको यातायात व्यवस्था विभागले जनाएको छ ।

खाद्यान्न सामग्री, लत्ताकपडा, औषधि, तरकारी, मासुजन्य पदार्थ लगायतमा भने सो नियम लागू नहुने बताइएको छ । शुक्रबार सडक मर्मत र ठूला सवारीसाधनका कारण झण्डै ३० किलोमिटर क्षेत्रमा सडक अवरुद्ध भएको थियो । एम्बुलेन्ससमेत आवतजावत गर्न नसक्ने गरी सडक अवरुद्ध हुँदा दशैँका लागि घर निस्केका यात्रु बाटोमै अलपत्र परेका थिए ।

Logo