वागमती प्रदेश सरकारका तीन मन्त्रीद्वारा राजीनामा, मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता

वागमती प्रदेश सरकारका तीन मन्त्रीद्वारा राजीनामा, मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सरकारको केन्द्रमा भएको विवाद प्रदेशमा पनि देखिन थालेको छ । आज वागमती प्रदेश सरकारका तीनजना मन्त्रीले राजीनामा दिएका छन् ।

प्रचण्ड–माधव नेपाल पक्षका आन्तरिक मामिलामन्त्री शालिकराम जमरकट्टेल, सामाजिक विकासमन्त्री युवराज दुलाल र उद्योग पर्यटन वनमन्त्री अरुण नेपालले संयुक्तरुपमा राजीनामा दिएका हुन् ।

नेकपा विभाजनसँगै उनीहरुले मुख्यमन्त्रीमाथि विभिन्न आरोप लगाउँदै राजीनामा दिएका हुन् । मुख्यमन्त्री डोरमणी पौडेल केपी ओली पक्षका हुन् । तीन मन्त्रीको राजीनामासँगै वागमती प्रदेशको सरकार अल्पमतमा परेको छ ।

त्यस्तै, मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपा प्रचण्ड–माधव समूहका ४५ सांसदले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

 

Skip This
Skip This
Logo