यात्रु बस दुर्घटना हुँदा ५ जना घाइते, हेलिकोप्टरमार्फत घाइतेको उद्धार

यात्रु बस दुर्घटना हुँदा ५ जना घाइते, हेलिकोप्टरमार्फत घाइतेको उद्धार

केन्द्रबिन्दु
0
Shares

धादिङ । नेत्रावती गाउँपालिकाको सेमजोङबाट धादिङबेसीतर्फ आउँदै गरेको बा ४ ख ५७९३ नम्बरको बस नीलकण्ठ नगरपालिकाको कैरौंजा गाउँ टोड्केमा दुर्घटनाग्रस्त भएको छ । घटनामा परी ५ जना घाइते भएका छन् ।

प्रत्यक्षदर्शीका अनुसार बस तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको हो । नेत्रावती ४ सेम्जोङबाट बिहान ८ बजे काठमाडौंको लागि छुटेको यात्रुबस दुर्घटनामा परी घाइते भएका ५ जनामध्ये ४ जनाको सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

घाइतेमध्ये ३ जनाको अवस्था अत्यन्तै गम्भीर रहेको छ भने २ जनाको अवस्था सामान्य छ ।  गम्भीर घाइते हुनेहरू मा नेत्रावती डबजोङ गाउँपालिका वडा नं ५ का ६४ वर्षीय दल बहादुर तामाङ, ६० वर्षीया सन्त माया गुरुङ र ५६ वर्षीया हस्त कुमारी तामाङ रहेका छन् ।

सामान्य घाइते हुनेहरूमा नेत्रवाती डबजोङ गाउँपालिकाकै २० वर्षीया लक्ष्मी गुरुङ र ५२ वर्षीय राजु परियार रहेका छन् ।

गम्भीर घाइते ३ जनालाई जिल्ला अस्पताल धादिङबेसीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको छ ।

७ जना यात्रु रहेको बस पल्टिएर धान खेतमा खसेको थियो । प्रहरीका अनुसार सहचालकले चलाएका कारण बस दुर्घटना परेको हो ।

Skip This
Skip This
Logo