इमरान खानको त्यो भाषण जसको चौतर्फी चर्चा छ (भिडियो सहित)

इमरान खानको त्यो भाषण जसको चौतर्फी चर्चा छ (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संयुक्त राष्ट्रसंघको ७४ औं महासभामा दिएको मन्तव्यको अहिले सबैतिर चर्चा भैरहेको छ ।

उनको भाषण गर्ने कलाको चौतर्फी प्रशंसा भैरहेको हो।  शुक्रबार उनले सम्बोधन गरिरहँदा पटक पटक ताली गुञ्जिएको थियो। सोसल मिडियामा समेत उनको तारिफ भैरहेको छ। फेसबुक पेजमा पनि उनको निकै प्रशंसा गरिएको छ। उनले शेयर गरेको सम्बोधनको लिंकमा १४ हजार प्रतिकृया आएका छन्।  अधिकांश कमेन्टमा उनको वाहवाही गरिएका छन् । उनको फेसबुकमा मात्रै उक्त भिडियो १३ लाख भन्दा बढी पटक हेरिएका छन् भने २८ हजार भन्दा बढीले शेयर गरेका छन्

के भनेका थिए ?

प्रधानमन्त्री खानले सात गुना सानो देश पाकिस्तानलाई भारतले राष्ट्रसंघमा घेराबन्दी गर्न खोजेको बताएका थिए ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको कडा आलोचना गर्दै उनले  भारतमा रहेको आरएससलाई हिट्लरले जन्माएको नश्लीय अभियान भएको समेत बताएका थिए । वाध्यात्मक रुपमा महासभामा आएर बोल्न परेको बताउँदै उनले भारतीय प्रधानमन्त्री मोदी आरएसएस कार्यकर्ता भएको बताए।

आफूले नियन्त्रणमा लिएका भारतीय पाइलटलाई तत्काल छोडेको र तर भारतले उल्टै ३ सय ५० आतंककारी मारिएको भन्दै दुष्प्रचार गरेको बताएका थिए ।

भारतको चुनावमा पाकिस्तानविरोधी अभिव्यक्ति दिए पनि त्यसलाई ‘राजनीतिक नेताले गर्ने भाषण’कै रुपमा मात्र लिएको उनले बताए। चुनावपछि सम्बन्ध सुधार हुने अपेक्षाले पाकिस्तानविरोधी चुनावी अभियानमा प्रतिक्रिया नदिएको उनको टिप्पणी थियो।

काश्मीरको विषयमा सिम्ला सम्झौताविरुद्ध भारतले ५ अगस्टमा घात गरेको उनले आरोप लगाए । पाकिस्तानले काश्मिरको मुद्दा उचालेको आरोप लगाएका मोदीलाई कडा जवाफ दिँदै इमरानले प्रश्न गरे –’काश्मीरमा समस्या बढ्दा पाकिस्तानलाई कसरी फाइदा हुन्छ ?’

खानलाई भारतको जवाफ 

भारतले संयुक्त राष्ट्रसंघको महासभामै पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई जवाफ दिएका छन् ।

भारतले जवाफ दिन पाउने अधिकार अन्तर्गत पाकिस्तानी प्रधानमन्त्री खानको सो भाषणको जवाफ दिएको हो । भारतको विदेश मन्त्रालयकी प्रथम सचिव विदिशा मैत्राले पाकिस्तानी प्रधानमन्त्री खानको भाषण भड्काउ रहेको र उनको भनाई झुट रहेको उल्लेख गरेकी छन् ।

विदिशाले शुक्रबार आफ्नो तर्फबाट विस्तृत बयान जारी गर्दै पाकिस्तानी प्रधानमन्त्रीले लगाएको आरोपको जवाफ दिएकी हुन् । विदिशाले संयुक्त राष्ट्रसंघ महासभामा पाकिस्तानी प्रधानमन्त्री खानले गरेको भाषण असभ्य रहेको र अन्तर्राष्ट्रिय मञ्चको दुरुपयोग रहेको आरोप पनि लगाएकी छन् ।

इमरानको चर्चित भाषण 

Skip This
Skip This
Logo