भिडियो बनाएका छन् । "/>

दिपालाई दर्शकको दनक- ‘तपाईको बच्चालाई प्रधानमन्त्री बनाउनुपर्छ’

दिपालाई दर्शकको दनक- ‘तपाईको बच्चालाई प्रधानमन्त्री बनाउनुपर्छ’

केन्द्रबिन्दु
0
Shares

असोज २४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘छ माया छपक्कै’ को टिम यतिबेला चलचित्रको प्रमोशनमा छन्।  त्यसैक्रममा टिमले दुर्गेश थापाको ‘बिच बिचमा’ बोलको गीतमा एउटा भिडियो बनाएका छन् ।

गीतमा चलचित्रका मुख्य कलाकारहरु दिपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्टको साथमा गायक दुर्गेश थापा, सहयोगी निर्देशक दीपाश्री निरौला र निर्माता सुमन गिरी देखिएका छन् ।

तर, यो गीतमा राखिएको एउटा शब्दले अहिले कलाकार दिपा श्रीसहित चलचित्र नै विवादित बन्न पुगेको छ।  गीतमा रखिएको एउटा लाइन हो ‘मुन्द्रे माग्ने भन्ट्याङ्ग भुन्टुङ्ग दिपक राज चाहि बूढो छ। यसपाली त दिपाश्री ब्याउने कुरो छ। ‘ गीतको यो पछिल्लो लाइनलाई लिएर अहिले सामाजिक संजालमा चलचित्र र कलाकार दिपाको ट्रोलहरु बनेका छन्। 

दीपाले शुक्रबार यो गीतको भिडियो सार्वजनिक गर्दै एउटा स्टाटस लेखेकी थिइन्। उक्त स्टाटसमा उनीप्रति व्यंग्य र गाली बर्सिएका छन् ।

उनका फ्यानहरुले चलचित्र प्रमोशनका लागि कलाकारहरुले तल्लोस्तरको प्रमोशन गरेको आरोप लगाएका छन्।  कतिपयले भने विवाह नगरी जन्मिन लागेको बच्चालाई नेपालको प्रधानमन्त्री बनाउनुपर्छ भन्दै व्यंग्य कसेका छन्।

 

 

 

 

 

 

 

 

 

 

  

 

 

 

 

 

Nabin Chhetri मुन्द्रे माग्ने भन्ट्याङ्ग भुन्टुङ्ग दिपक राज चाहि बूढो छ
यसपाली त दिपाश्री ब्याउने कुरो छ??

Logo