कायरो,
इजिप्टमा राष्ट्रपति अब्देल फत्ताह एल सिसीको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले धमाधम पक्राउ गरेको छ । एक सातादेखि चलेको आन्दोलनको क्रममा २ हजार जना पक्राउ परेका छन् ।
‘मिलियन म्यान मार्च’ नाम दिइएको आन्दोलनमा नागरिक अगुवादेखि प्रवुद्ध वर्गले समेत साथ दिएका छन् । कायरो विश्वविद्यालयका राजनीतिक शास्त्रका प्राध्यापक तथा लेखक हस्सान नफा लगायत वुद्धिजीवीहरुलाई समेत प्रहरीले पक्राउ गरेको छ ।
‘एल सिसीको नेतृत्वको शासन दुर्घटनामा पर्छ भन्नेमा मलाई कुनै शंका छैन’ नफाले भने । आन्दोलनको क्रममा मुख्य सहरमा थुप्रै सुरक्षाकर्मीहरु तैनाथ गरिएको छ ।
एजेन्सी































प्रतिक्रिया