एजेन्सी । फ्रान्समा मीटु अभियान सुरु गर्ने महिलालाई उक्त अभियान आफ्नै लागि महंगो सावित बन्न पुगेको छ । पेरिसको अदालतले एक पुरुषको मानहानी गरेको भन्दै लाखौं जरिवाना तिराएको हो ।
पुरुषमाथि अश्लील टिप्पणी गरेको आरोपमा मीटू अभियानकी सुरुवातकर्ता फ्रेन्च महिला पत्रकार स्यान्ड्रा म्युलरलाई टेलिभिजन कार्यक्रम निर्माता एरिक ब्रायनको मानहानी गरेको अदालतले झण्डै २५ लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो ।
सन् २०१७ को अक्टोबरमा म्युलरले टेलिभिजन कार्यक्रम निर्माता एरिकमाथि अश्लील टिप्पणी गरेको आरोप लगाएकी थिइन् । पार्टीमा उनीमाथि गरेको कमेन्टको विस्तृत विवरण ट्वीटरमा सेयर गरेकी थिएन् ।
गत बुधबार फ्रान्सको अदालतले म्युलरलाई ब्रायनको मानहानी गरेबापत् १६ हजार पाँच सय डलर (१८ लाख ७२ हजार रुपैयाँ) र कानूनी उपचारका लागि ५ हजार ५ सय डलर (६ लाख २४ हजार रुपैयाँ) तिर्न आदेश दिएको हो । एएफपी समाचार एजेन्सीका अनुसार उनलाई ट्वीटरमा गरिएको कमेन्ट डिलिट गर्न र अदालतको वक्तव्य सेयर गर्न आदेश दिइएको छ ।
गत जुनमा ब्रायनले अदालतलाई आफूले अनुचित टिप्पणी गरेको तर उक्त घटनाको भोलिपल्टै टेक्स्ट मेसेज पठाएर माफीसमेत मागेको जानकारी दिए ।
माफीको कुनै जवाफ नपाएको जानकारी दिँदै उनले भने, ‘म्युलरले ममाथि जुन अत्याचार गरिन्, त्यो कहिले रोकिएन । फोन पछाडि लुकेर मानिसहरुले गर्ने अत्याचार ।’
उनका वकिल म्यारी बुर्गुबुरुले यसअघि म्युलरले आफूमाथि अफिसमा यौनहिंसा भएको बताएका कारण मानहानीको मुद्दा लडेको जानकारी दिएका थिए ।































प्रतिक्रिया