पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेका नेताहरू राणाशासनका हाकिम बडाहाकिम जस्तै भएको भन्दै नेताको व्यवहार प्रति असन्तुष्टि जनाएका छन्।
बिहीबार रूपन्देहीको तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलनको उद्घाटन समारेहमा बोल्दै प्रचण्डले आन्दोलनपछिका नेताहरू राणा शासनका हाकिम बडाहाकिम जस्तै हुने गरेको बताएका हुन् । राणा शासन विरुद्धको आन्दोलनदेखि अहिलेसम्म नेपाली नेताहरूमा एकै किसिमको स्वभाव या बडा हाकिमको जस्तो हुने गरेको बताए ।
‘जनता, पार्टी, नेता कार्यकर्ताहरूले आन्दोलन गर्ने राजनीतिक परिवर्तनका ठूल्ठूला घोषणा गर्ने तर केही वर्षपछि नेताहरूलाई पूरानो संरचनाहरूले विस्तारै भुत्ते बनाउँदै लैजाने गरेका छन,’ प्रचण्डले भने, ‘राणा शासनका हाकिमरबडाहाकिम थिए, आन्दोलनपछिका नेताहरू पनि बिस्तारै बडाहाकिमजस्ता हुने गरेका छन्।’
आन्दोलनपछि जनताले धेरै परिवर्तनको अपेक्षा राखेको पनि अवस्था नबदलिएको बताए । जनता र सरकार दुबैको परिवर्तनको चाहना भए पनि कतिपय कुराले राणाशाही जस्तै भएको हुँदा त्यस्तो परिस्थितिलाई अन्त्य गर्नुपर्ने प्रचण्डको भनाइ छ ।































प्रतिक्रिया