गोली हानेर मारेको राँगोलाई पुरियो

गोली हानेर मारेको राँगोलाई पुरियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको खिचापोखरीमा गोली हानी मारेको राँगोलाई गाडिएको छ।

राँगोको मालिक सम्पर्कमा नआएपछि महानगरले खाल्डो खनेर पुरेको हो । गाडीमा लोड गर्दागर्दै भागेको राँगोले न्यूरोड खिचापोखरी आसपासका स्थानीयलाई आक्रमण गरेपछि प्रहरीले एक राउण्ड गोली हानेर नियन्त्रणमा लियो ।  महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले राँगोको आक्रमणबाट ४ जना मानिस घाइते भएको र उनीहरुको वीर अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

काठमाडौँमा राँगोले पटक पटक वितण्डा मच्चाउदै आएको  छ । यस अघि २०७१ साल मंसिर १५ गते ह्याम्स अस्पतालभित्र पसेर वितण्डा मच्चाएको राँगोलाई गोली हानी मारेको थियो । त्यस्तै  २०७३ असार ९ गते एउटा राँगोलाई शहीदगेट क्षेत्रबाट जिउँदै नियन्त्रणमा लिइएको थियो ।

यसअघि गत वर्ष फागुन ११ गते चन्द्रागिरि नगरपालिकामा राँगोको आक्रमणबाट नासु कान्छा श्रेष्ठ र मानवीर महर्जनको मृत्यु भएको थियो भने प्रहरीसहित ६ जना घाइते भएका थिए ।

Skip This
Skip This
Logo