सरकारले संवैधानिक आयोगलाई तर्सायोः नेता पौडेल

सरकारले संवैधानिक आयोगलाई तर्सायोः नेता पौडेल

केन्द्रबिन्दु
0
Shares

दाङ,

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले दुई तिहाईको दम्भ देखाएर संवैधानिक निकायलाई तर्साएको आरोप लगाएका छन् । सरकारको यहीँ दम्भकै कारण मुलुकमा भएका ठूल्ठूला आर्थिक घोटालाका घटनाहरु माथि निष्पक्ष छानविन हुन नसकेको पौडेलको आरोप छ।

‘दुई तिहाईको दम्भ बोकेको वर्तमान सरकारको छायामा मुलुकको न्यायपालिका र संवैधानिक निकायहरु परेका छन्, अख्तियार, अदालतलाई तर्साउन खोजिँदैछ’ प्युठानमा दोस्रो जागरण अभियान अन्तर्गत सोमबार आयोजित सभालाई सम्बोधन गर्दै पौडेलले भने, ‘जनताले दिएको दुइतिहाईको मतलाई निरंकुश शासन चलाउनका लागि प्रयोग गरिएको छ।’ वरिष्ठ नेता पौडेलले ठूला ठूला आयोजनालाई कमिसनको चक्करमा अलपत्र पारिएको आरोप लगाए। उनले विना प्रतिस्पर्धा ठूला आयोजनालाई ठेक्का दिन सुरु गरेबाट आर्थिक अनियमितता भएको पुष्टि हुने पनि बताए।

पौडेलले दुइतिहाईको सरकारले गरेका कामको हिसाबकिताब नेपाली जनताले गरेको बताउँदै कम्युनिस्टहरु चिल्ला कुरा गरेर जनता क्षणिक प्रभावमा परेको बताए । पौडेलले दुइतिहाईको जनमत निरकुंश शासन चलाउनका लागि प्रयोग गर्न लागिएको भन्दै चिन्ता व्यक्त गरे। दुइतिहाई बहुमत ल्याएको कम्युनिस्ट पार्टीले सर्वसत्तावादी सोचबाट देश लुट्ने खेलमा लागेकाले कांग्रेस खबरदारीमा लागेको बताए । सरकारले संविधानको दुरुपयोग गरी देशका संबैधानिक आयोग, प्रेस र लोकतन्त्रको मर्म बिपरित काम गरेको आरोप नेता पौडेलको छ।
नागरिकबाट

Skip This
Skip This
Logo