निर्दयी श्रीमान जसले श्रीमतीलाई टुक्रा टुक्रा पारेर आत्मसमपर्ण गरे

निर्दयी श्रीमान जसले श्रीमतीलाई टुक्रा टुक्रा पारेर आत्मसमपर्ण गरे

केन्द्रबिन्दु
0
Shares

मान्छे कतिसम्म निर्दयी बन्न सक्छ भन्ने कुरा हालैको एउटा घटनाले पुष्टि गरेको छ।

भारतको राजधानी नयाँ दिल्लीमा एक पुरुषले आफ्नी पत्नीको विभत्स ढंगले हत्या गरेर प्रहरीको चौकीमा गई आत्मसमर्पण गरेका छन् ।

पत्नीको चरित्रमा शंका गर्दै आएका ३३ वर्षीय आशुले पत्नी सीमाको हत्या गरेका हुन् । आशु र सीमाबीच दैनिकजसो विवाद हुन थालेपछि आशुकी आमाले उनीहरुलाई केही अघि घरबाट निकालिदिएकी थिइन् । डेरामा बस्दै आएका उनीहरुका तीन सन्तानसमेत छन् ।

शनिबार साँझ पत्नीलाई फकाएर आशुले आमाको घर लगेका थिए । सोही घरमा उनले पत्नीको हत्या गरेका हुन् । हत्यापछि उनी आफैं प्रहरी कार्यालय पुगेर आफूले पत्नीको हत्या गरेको बताएका थिए । प्रहरी पुग्दा घरमा शव क्षत विक्षत अवस्थामा सेफ्टी ट्यांकीमा फालिएको अवस्थामा फेला परेको बताइएको छ । घरमा रहेका अन्य सदस्य भने फरार भएको प्रहरीको भनाइ छ ।

उनले हत्या लगत्तै आफूले सासुलाई फोन गरेर घटनाबारे जानकारी दिएको तर सासुले आफ्नो कुरा नपत्याएको पनि बताएका छन् । (एजेन्सी)

Skip This
Skip This
Logo