नेपाली पौडी खेलाडीको टोली भारत प्रस्थान

नेपाली पौडी खेलाडीको टोली भारत प्रस्थान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीलाई मध्यनजर गर्दै नेपाली पौडी खेलाडीले १० औं एसियाली उमेरसमूह पौडी प्रतियोगितामा सहभागिता जनाउने भएको छ । प्रतियोगिता भारतको बैंगलारुमा सेप्टेम्बर २४ देखि अक्टोबर २ तारिखसम्म हुने छ । टोली आइतबार बैंगलोर प्रस्थान गरेको छ ।

खेलाडीमा अनुभव सुब्बा, विकास कुमाल, दिपाङकर अवाले, गौरव लामा, सागर नायक, तेन्जिङ गुरुङ, नासिर हुसैन, उर्गेन महर्जन, जेविस पौडेल, शुभम् श्रेष्ठ, वेदज्ञराज जोशी, एर्भिन श्रेष्ठ, आदर्श कार्की, मोहित शाक्य, सोफिया शाह, टीसा शाक्य, अदिप्शा वैद्य, अनुष्का पोखरेल, युस्का महर्जन, अनुसिया तण्डुकार, श्रेवी महर्जन, उपास्ती महर्जन, दिया स्थापित, आज्मी शेरचन, डुवाना लामा, शिक्षा श्रेष्ठ, लुमना शाक्य र समिरा शोभा थापा रहेका छन् ।

टोली नेतामा नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्य, व्यवस्थापकमा सागर शाक्य र दीपकसागर सिंह, प्रशिक्षकमा रत्नलाल महर्जन र नयना शाक्य, निर्णायकमा विजेन श्रेष्ठ, योगेन्द्रमान श्रेष्ठ, वैकुण्ठ प्रधान र विष्णु खड्का छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले आइतबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

Skip This
Skip This
Logo