कारागारमा क्षमताभन्दा बढी कैदी

कारागारमा क्षमताभन्दा बढी कैदी

केन्द्रबिन्दु
0
Shares

रौतहट,

रौतहटको गौर कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको छ । वि.सं. १९८९ मा स्थापना भएको गौर कारागारको क्षमता १२० जना अटाउने रहेकामा हाल यहाँ २९४ कैदीबन्दी छन् ।

कैदीबन्दीको सङ्ख्या बढ्दै गएको छ । क्षमताभन्दा बढी बन्दी भएपछि व्यवस्थापन गर्न गाह्रो भएको गौर कारागारका जेलर नायबसुब्बा शम्भु यादवले बताउनुभयो । “कारागार भवन जीर्ण छ । कैदीको सङ्ख्या बढ्न थालेपछि समस्या भएको छ”, उहाँले भन्नुभयो । भवनसमेत अपुग भएको छ ।

वर्षातको समयमा कैदीबन्दीलाई धेरै समस्या हुने गरेको यादवले बताउनुभयो । विभिन्न मुद्दाका कैदीबन्दीलाई व्यवस्थापन गर्न चुनौती भएको बेलामा सङ्ख्या बढ्दै जाँदा झन समस्या भएको उहाँको भनाइ छ । कारागारमा कर्तव्य ज्यान, ज्यान मुद्दा, चेलीबेटी बेचबिखन, मावन ओसारपसार, अपहरण तथा शरीर बन्धक, लागूऔषध, सवारी ज्यान, बलात्कार लगायत मुद्दामा कैदीले सजाय भुक्तान गरिरहेका छन् । कैदीबन्दीमध्ये १२ महिला छन् ।

देशका अधिंकाश स्थानमा रहेको कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिने गरेको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताउनुभयो । राणाकालीन समयमा बनेको गौर कारागार पुरानो र जीर्ण बन्दै गएकाले अन्य स्थानमा कारागार बनाउन पहल भइरहेको उहाँले बताउनुभयो । नयाँ कारागार बनाउन जमीनको खोजी भइरहेको छ ।

Skip This
Skip This
Logo