बुटवल । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ३ घोडपालीका ४१ वर्षीय तारा भनिने रविन्द्र पाण्डेले आफ्नै श्रीमती परपुरुषसँग शारीरिक सम्बन्ध राखिरहेको देखेँ ।
३५ वर्षीया श्रीमती सरस्वती पोखरेल पाण्डे आफ्नै घरमा परपुरुषसँग शारीरिक सम्बन्ध राखिरहेको देखेपछि उनी छाँगाबाट खसेजस्तै भए । त्यही समय सरस्वती र ती परपुरुष मिलेर रविन्द्रको कुटिकुटि हत्या गरे । हत्या गर्दै शवलाई घर नजिकै रहेको हरि सुशील प्राविको सेफ्टी ट्यांकीमा फालिदिए ।
एकातिर श्रीमानको शव सेफ्टी ट्यांकीमा फालिदिइन भने अर्कोतिर घरबाट हराएको भन्दै खोजतलासका लागि प्रहरीमा निवेदन दिइन् । हराएको दुई सातासम्म उनको अवस्थाबारे जानकारी नआएपछि पाण्डेकी श्रीमती सरस्वतीसँग स्थानीय महिलाहरूले सोधखोज गरे । त्यसक्रममा सरस्वतीले शंकास्पद कुरा गर्न थालेपछि प्रहरीले स्थानीयको सहयोगमा नियन्त्रणमा लियो ।
सोधपुछका क्रममा परपुरुषसँग मिलेर श्रीमानको हत्या गरेको स्वीकार गरिन् । पक्राउपछि सरस्वतीले आफूसहित अन्य एक जना व्यक्तिको संलग्नतामा हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ।
बयानका क्रममा सरस्वतीको परपुरुषसँग अनैतिक सम्बन्ध रहेको र त्यही कारण हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।































प्रतिक्रिया