नेकपाका नेता तथा पूर्व सांसद् हरि बैरागी दाहालको निधन भएको छ । दाहालको हृदयघातबाट निधन भएको हो ।
शुक्रबारदेखि त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका दाहालको शुक्रबार बिहान निधन भएको हो । २०५१ सालमा संखुवासभाबाट तत्कालीन नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित थिए ।
उनको पार्थिव शरिरलाई श्रद्धाञ्जलीको लागि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिने र आजै दिउँसो पशुपति आर्यघाटमा अत्येष्टि गरिने जनाएको छ ।





























प्रतिक्रिया