परिवर्तनलाई संस्थागत गर्न नेकपाले मात्र सक्छ : प्रवक्ता श्रेष्ठ

परिवर्तनलाई संस्थागत गर्न नेकपाले मात्र सक्छ : प्रवक्ता श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

चितवन,

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिलेको परिवर्तनको रक्षा नेकपाले बाहेक अरूले गर्न नसक्ने बताउनु भएको छ । नेकपा प्रदेश नं ३ का अध्यक्ष नारायण दाहालका पिता स्व कुलप्रसाद दाहालको नवौँ दिनमा बुधबार उहाँकै निवास भीमसेननगरमा नेकपा चितवनले आयोजना गरेको शोकसभामा प्रवक्ता श्रेष्ठले देशमा सङ्घीयता र गणतन्त्र कम्युनिष्ट आन्दोलनको बलमा आएको बताउनुभयो ।

यो परिवर्तनको रक्षा र समृद्धिको यात्रा कम्युनिष्टले बाहेक अरूले गर्न नसक्ने उहाँको भनाइ थियो । अहिलेको परिवर्तनलाई उल्टाउन केही शक्ति लागिपरिरहेको भन्दै उहाँले त्यस्ता सोच पूरा हुन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला शक्तिमा रहेर शासन गरेकाहरु शक्तिबाट च्यूत भएपछि फेरि शक्तिमा बस्न पाए हुन्थ्यो भन्दै चलखेल शुरु गरेका छन् तर कसैले चाहेर परिवर्तन उल्टिदैन ।” पार्टीभित्रको आन्तरिक विषयलाई आत्मसमीक्षा गर्दै सङ्घीयता कार्यान्वयनलाई केन्द्रविन्दुमा राखेर काम गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

नेकपाका पोलिटब्यूरो सदस्य अग्नि सापकोटाले कम्युनिष्टका मूल्य मान्यता डगमगाउने समयमा दाहालको निधनले फेरि एक ठाउँमा उभिएर सोच्न बाध्य बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “स्व दाहाल अध्यक्ष प्रचण्डका मात्रै गुरु नभएर सबैका गुरु हुनुहुन्थ्यो । उहाँको सम्मानका लागि देशलाई समृद्ध बनाउन आवश्यक छ ।”

नेकपा प्रदेश नं ३ का अध्यक्ष नारायण दाहालले बुबाको प्रेरणाका कारण देशमा आमूल परिवर्तनको नेतृत्व गर्न सकेको बताउनुभयो । अहिले परिवारको अभिभावक गुमेको भए पनि जनताको सद्भावले एक्लो महसुस नगरेको उहाँको भनाइ थियो । रासस

Skip This
Skip This
Logo