काठमाडौं । एनसेलका ग्राहकले अब कुनै पनि समय बिना कुनै झन्झट एनसेलको आकर्षक डेटा सेवाको मज्जा लिन सक्नेछन् । एनसेलले आफ्ना प्रिपेड ग्राहकका लागि नयाँ योजना ल्याएको छ जसअन्तर्गत ग्राहकले अब अझ सुलभ दरमा डेटा, भ्वाइस र एसएमएस सेवाबाट फाइदा लिन सक्नेछन् ।
आजदेखि (असोज १) देखि लागु हुने यो योजना अन्तर्गत प्लान १९९, प्लान २९९, प्लान ४९९, प्लान ७९९ र प्लान ९९९ गरी पाँच वटा प्लानहरु रहेका छन् । यी प्लानहरु अन्तर्गत ग्राहकले प्लानको समयावधि रहुन्जेल अझ सुलभ दरमा डेटा सेवा प्रयोग गर्न सक्नेछन् ।
यस बाहेक, यि प्लानहरु अन्तर्गत ग्राहकले अन नेट अर्थात एनसेल नेटवर्क भित्र भ्वाइस र एसएमएस सेवा पनि अझ सुलभ दरमा लिन सक्नेछन् । यो योजनाको प्रमुख विषेशता भनेको प्रत्येक प्लानमा बण्डलिङ्ग गरिएको डेटा प्याक सकिएपछि मेन ब्यालेन्स नकाटी आफैं डेटा बन्द हुने सुविधा हो र ग्राहकले तत्काल मेरो प्लान प्रयोगकर्ताहरुका लागि विषेश रुपमा तयार गरेको थप डेटा प्याक लिई सेवाको प्रयोग गर्न सक्नेछन् ।
ग्राकहले करसहित २५४ रुपैयाँ १० पैसामा १ जिबी डेटा भोल्युम र कर सहित मात्र १ रुपैयाँ २८ पैसा प्रति मिनेटमा एनसेल नेटवर्क भित्रकल गर्न सकिने प्लान १९९ लिन सक्नेछन् । यसका साथै प्लान अन्तर्गतको डेटा भोल्युम समयावधि अगाडि नै सकिएमा ग्राहकले करसहित मात्र ८९ रुपैयाँ ३८ पैसामा थप १ जिबी प्याक सुचारु गरी सुलभ दरमा डेटा सेवा लिन सकिनेछ ।
प्लान २९९ अन्तर्गत ग्राहकले ३ जिबी डेटा भोल्युम र १ रुपैयाँ १५ पैसा प्रति मिनेट अन नेट भ्वाइस सेवा ३८१ रुपैयाँ ७९ पैसामा सुचारु गर्न सक्नेछन् । यसका साथै प्लान अन्तर्गतको डेटा भोल्युम समयसिमा अगाडिनै सकिएमा ग्राहकले १२७ रुपैयाँ ६९ पैसामा थप २ जिबी प्याक सुचारु गर्न सक्नेछन् ।
आफ्नो आवश्यकताअनुसार ग्राहकले पाँचमध्ये कुनै पनि एक प्लान लिन सक्नेछन् । यस योजनाअन्तर्गत ग्राहककालागि ६ जिबी डेटा भोल्युम रहेको प्लान ४९९ र १५ जिबी डेटा रहेको प्लान प्लान ७९९ पनि रहेका छन् । ग्राहकले ६३७ रुपैयाँ १७ पैसामा प्लान ४९९ लिन सक्छन् ।
यो प्लानमा १ रुपैयाँ २ पैसाप्रति मिनेटमा भ्वाइस सेवाको प्रयोग गर्न सकिन्छ र प्लानमा भएको डेटाको भोल्युम सकिएपछि ग्राहकले थप ३ जिबि डेटाको प्याक १९१ रुपैयाँ ५४ पैसामा खरिद गर्न सक्नेछन् । त्यस्तै प्लान ७९९ अन्तर्गत १०२० रुपैयाँ २४ पैसामा १५ जिबीका साथै ८९ पैसा प्रति मिनेटमा एनसेल नेटवर्क भित्र भ्वाइस सेवालिन सकिन्छ । यो प्लानमा भएको डेटा भोल्युम समयावधिअगावै सकिएमा ग्राहकले मात्र ३८३ रुपैयाँ ७ पैसामा थप ७ जिबी डेटा भोल्युमलिन सक्नेछन् ।
मासिक रुपमा बढि डेटाको आवश्यकता रहेका ग्राहकहरुका लागि एनसेलले प्लान ९९९ पनि ल्याएको छ । यस अन्तर्गत ग्राहकले मात्र १२७५ रुपैयाँ ६२ पैसामा २५ जिबी डेटा र मात्र ६४ पैसा प्रति मिनेटमा एनसेल नेटवर्क भित्र भ्वाइस सेवाको फाइदा लिन सक्नेछन् । उक्त प्लानमा भएको डेटा भोल्युम समयावधि अगाडि नै सकिएमा प्लानमा रहेका ग्राहकले मात्र ५१० रुपैयाँ ७६ पैसामा थप १० जिबी डेटा खरिद गर्न सक्नेछन् ।
हरेक प्लान अन्तर्गतको डेटा भोल्युम र सेवाहरुकोे प्रयोग गर्ने समयावधि ३० दिनको हुनेछ र पाँच मध्ये कुनै पनि प्लान सुचारु गर्ने ग्राहकले करसहित ६४ पैसामा एनसेल नेटवर्क भित्र एसएमएस पठाउँन सक्नेछन् । त्यसैगरी थप डेटा प्याकमा भएका डेटा भोल्युमको समयावधि ७ दिनको हुनेछ ।
ग्राहकले एस्ट्रिक्स ३०२ ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार कुनै पनि एउटा प्लान सुचारु गर्न सक्नेछन् । यस योजनामा समावेश गरिएका थप डेटा प्याकहरु खरिदगर्न ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी प्लान अनुसारको डेटा लिन सक्नेछन् ।
आफ्ना ग्राहकका लागि ग्राहककै आवश्यकता अनुसारको डेटा, भ्वाइस र एसएमएस बण्डलिङ्ग सहितको प्लान ल्याउन पाएकोमा कम्पनी हर्षित रहको एनसेलले जनाएको छ । एनसेलले सुलभ दरमा गुणस्तरीय सेवाप्रदान गर्ने आफ्नो प्रतिवद्धता बमोजिम मेरो प्लान ल्याईएको हो ।
यस योजनामा भएका कुनै पनि प्लान सुचारु भएपछि हरेक महिना स्वतः नविकरण हुनेछ । प्लान नविकरण हुनको लागि ग्राहक मोवाइलमा प्लान अनुसारको चाहिने ब्यालेन्स हुनु पर्दछ । मेन ब्यालेन्स प्लान नविकरण गर्न अपुग भएको खण्डमा पनि ग्राहकले विद्यमान शुल्क भ्वाइस प्रति मिनेट करसहित २ रुपैयाँ ५४ पैसा र एसएमएस सेवा करसहित प्रति एसएमएस १ रुपैयाँ २८ पैसामा प्रयोग गर्न सक्नेछन् । यो योजना लागु भएको दिन देखि ३ महिनाको लागि मान्य हुनेछ ।





























प्रतिक्रिया