नेकपा विवाद : प्रचण्ड–नेपालपक्षको केन्द्रीय कमिटी बैठक सुरु

नेकपा विवाद : प्रचण्ड–नेपालपक्षको केन्द्रीय कमिटी बैठक सुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षको आजको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । प्रचण्ड–नेपाल पक्षको बैठक बबरमहलस्थित कार्की ब्यांक्वेटमा सुरु भएको हो ।

आज बस्ने बैठकमा नेता सुरेन्द्र पाण्डेलाई महासचिव बनाउने प्रस्ताव पास गर्ने बताइएको छ । महासचिवका लागि भीम रावल, वर्षमान पुन र जनार्दन शर्माको नाम पनि चर्चामा छ।

सो समुहको बुधबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएर प्रचण्डलाई नेता बनाएको छ। यस्तै पार्टी अध्यक्षको जिम्मेवारी माधवकुमार नेपाललाई दिइएको छ ।

Skip This
Skip This
Logo