अफगानिस्तानमा राष्ट्रपतिको चुनावी र्‍यालीमा विष्फोट, २४ जनाको मृत्यु

अफगानिस्तानमा राष्ट्रपतिको चुनावी र्‍यालीमा विष्फोट, २४ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । अफगानिस्तानमा राष्ट्रपतिको चुनावी र्‍यालीमा बम विस्फोट हुँदा कम्तिमा २४ जनाको मृत्यु भएको छ । विस्फोटमा परी ३१ जना घाइते भएका छन्।

राजधानी काबुलको उत्तरमा परवान प्रदेशमा भएको चुनावी र्‍यालीमा राष्ट्रपति अशरफ घनीले सम्बोधन गर्ने कार्यक्रम थियो। त्यही क्रममा विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उक्त विस्फोटको समयमा घनी र्‍यालीमा पुगिसकेको भएपनि उनी सुरक्षित रहेको बीबीसीले जनाएको छ । उक्त विष्फोट आत्मघाती हमला भएको हुन सक्ने अनुमान गरिएको छ।

यसका साथै काबुलमै भएको अर्को एक बम विष्फोटमा कम्तिमा तीन जनाको मृत्यु भएको छ। दुबै विष्फोटको हालसम्म कसैले पनि जिम्मेवारी लिएको छैन।

तालिबानले आगामी २८ सेप्टेम्बरमा हुने राष्ट्रपति चुनाव विथोल्ने घोषणा गरेको छ । यस चुनावमा वर्तमान राष्ट्रपति अशरफ घनीले लगातार दोस्रो कार्यकालको लागि उम्मेदवारी दिएका छन्।

Skip This
Skip This
Logo