काठमाडौं,
नेकपाको मधेस पार्टी कमिटीमा विवाद देखिएको छ । शीर्ष नेताबीचको गुटका कारण प्रदेश २ मा पदाधिकारीमै विवाद छताछुल्ल भएको हो । पूर्वमाओवादीका प्रभु साह र मातृका यादव पक्षबीच अन्तरविरोध चुलिएको छ। दुवै जनाले अध्यक्ष पुष्पकमल दाहाललाई नेता मान्छन् ।
मधेसमा भने उनीहरू आआफ्नो समूह बनाउन क्रियाशील छन्। पूर्वएमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पनि मिलेका छैनन् । पार्टी एकतापछि ओली र साह एकातिर र यादव र नेपाल अर्कातिर देखिएका छन्। यही समीकरणका आधारमा नेताहरूले संगठनात्मक भागबन्डा खोजी गर्दा विवाद बढेको हो। यसले गर्दा प्रदेशका आठमध्ये तीन जिल्ला कमिटीका पदाधिकारीको शपथ रोकिएको छ।
नेपाल र यादव पक्षका नेता सोमबार प्रदेश इन्चार्ज, अध्यक्ष र सचिवलाई कारबाही माग गर्दै अध्यक्ष पुष्पकमल दाहालकहाँ डेलिगेसन पुगेका छन्। सहइन्चार्ज नागेन्द्र चौधरी, महेन्द्र पासवान, नेताहरू रामचन्द्र झा, रामकुमार शर्मा, भरत शाह, गोपाल ठाकुर लगायत केन्द्रीय सदस्य टोलीमा थिए। उधोग वाणिज्य तथा आपूर्ति मन्त्री रहेका यादव भने नयाँदिल्ली पुगेका छन्। यादव मंगलबार फर्किएपछि उनीहरूले पार्टी केन्द्रीय कार्यालयमा ज्ञापनपत्र दर्ता गराउने तयारी गरेका छन्।
अन्नपूर्णबाट































प्रतिक्रिया