सवारी चालक र कार्यालय सहयोगीलाई पनि स्थायी गरौं- पम्फा भुसाल

सवारी चालक र कार्यालय सहयोगीलाई पनि स्थायी गरौं- पम्फा भुसाल

केन्द्रबिन्दु
0
Shares

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की प्रभावशाली सांसद पम्फा भुसालले गाडी चालक र कार्यालय सहयोगीलाई पनि अनिवार्य रुपमा स्थायी गर्नुपर्ने कानुनी व्यवस्था गर्न प्रस्ताव गरेकी छन् ।

नेकपाकी सांसद भुसालले कम तलव र सेवामा काम गर्ने गाडी चालक र कार्यालय सहयोगीहरुलाई न्याय गर्न पनि उनीहरुलाई अनिवार्य स्थायी गर्नुपर्ने कानुनी व्यवस्था गर्नुपर्ने प्रस्ताव अघि सारेकी हुन् । सोमबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा माथिल्लो ओहोदाका कर्मचारीलाई मात्रै अनिवार्य रुपमा स्थायी गर्ने ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्तसम्बन्धि विधेयक’मा राखिएको प्रावधानमाथिको छलफलमा भाग लिँदै उनले तल्लो तहका कर्मचारीलाई पनि अनिवार्य रुपमा स्थायी गर्नुुपर्ने माग गरिन् । सांसद भुसालले कम्युटर अपरेटरलाई पनि करारमा राख्न नहुने धारणाराखिन् ।

त्यसैगरी प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले पनि अस्थायी र करारमा कर्मचारी नराख्ने कानुनी व्यवस्था गर्न उपयुक्त हुने सुझाव सरकारलाई दिए । उनले अस्थायी प्रकृतिका कार्यालयका लागि भने सो कार्यालयको प्रयोजन सकिएपछि कर्मचारीहरुलाई पनि विदाई गर्ने कानुनी व्यवस्था गर्नुपर्ने धारणा राखे ।

काँग्रेस सांसद बडुले सबै कर्मचारी स्थायी भएपछि उनीहरुलाई राज्यले दिने सेवा र सुविधा पनि समान खालको हुने स्पष्ट पारे ।

Skip This
Skip This
Logo