काठमाडौं ।
राष्ट्रिय परीक्षा बोर्डले यसवर्षको कक्षा १२ को नतिजा प्रकाशित गरेको छ। नतिजा केही बेर अघि प्रकाशित भएको बोर्डले जनाएको छ ।
नतिजा थाहा पाउनका लागि ‘एनटीसीको मोबाइलबाट १६०० मा डायल गरेर प्राप्त निर्देशन अनुसार हेर्न सकिने बोर्डले जनाएको छ । यस्तै बोर्डको वेवसाइटबाट पनि नतिजा हेर्न सकिने छ।
गत मंसिर ९ गतेबाट सुरु भएको परीक्षा मंसिर १६ गते सम्म चलेको थियो । यस वर्ष ४ लाख ३३ हजार विद्यार्थी परीक्षामा सामेल भएएका थिए । कोरोना महामारीका कारण बैशाखमा हुनु पर्ने परीक्षा मंसिरमा भएको थियो ।































प्रतिक्रिया