साउदीको ड्रोन हमलाले विश्‍व अर्थतन्त्र नै जोखिममा

साउदीको ड्रोन हमलाले विश्‍व अर्थतन्त्र नै जोखिममा

केन्द्रबिन्दु
0
Shares

रियाद,

साउदी अरेबियाका तेल केन्द्रमा हालै गरिएको ड्रोन हमलाका कारण विश्व अर्थतन्त्र नै जोखिममा पर्ने साउदी अरेबियाले जनाएको छ । यमनी विद्रोही समूह हाउठीले शनिबार साउदीको आरामको तेल केन्द्रमा हमला गरेपछि साउदी अरेबियाका उर्जामन्त्रीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

हमलाका कारण ५० लाख ब्यारेल भन्दा धेरै तेल उत्पादनमा असर परेको उनले बताए । अरब गठबन्धनका प्रवक्ता तुर्की अल मालिकले विज्ञप्ति जारी गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् । उनका अनुसार आक्रमणकारीको पहिचान भइरहेको छ ।
एजेन्सी

Skip This
Skip This
Logo