आएओएमका डिनलाई कालोमोसो दलियो

आएओएमका डिनलाई कालोमोसो दलियो

केन्द्रबिन्दु
0
Shares

चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डिन प्रा.डा. जगदीशप्रसाद अग्रवाललाई एक अपरिचितले उनकै कार्यकक्षमा गएर कालोमोसो दलेका छन्।

न्यू टाइम्सका ‘पत्रकार हुँ’ भन्दै अन्तरवार्ताका लागि समय मागेर भेटेका उनले अग्रवाललाई आइतवार दिउँसो सवा दुई बजेतिर कालोमोसो दलेर भागेका हुन् । ती व्यक्तिले केही समय कुराकानी गरेपछि कालोमोसो छ्यापेर भागेका थिए । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

आइओएममा भर्ना प्रक्रियाको विषयलाई लिएर मेडिकल विद्यार्थीहरु आन्दोलित छन् । मेडिकल विद्यार्थीहरुले डा अग्रवालको कार्यकक्षामा दुईसातादेखि तालाबन्दी समेत गरेका छन् ।

Skip This
Skip This
Logo