वासिङ्टन,
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ओसामा विन लादेनका छोराको हत्या भएको पुष्टि गरेका छन् । लादेनका छोरा हम्जा विन लादेन ‘अमेरिकी आतंकवादविरोधी कारवाहीको क्रममा अफगानिस्तान–पाकिस्तानी क्षेत्रमा’ मारिएको उनले जनाएका हुन् ।
ट्रम्पले शनिबार एक विज्ञप्ति नै जारी गरी उक्त खबरको पुष्टि गरेका हुन् । ट्रम्पले उनको मृत्यु कहिले भएको भन्नेबारे भने खुलाएका छैनन् । हम्जा लादेनका छोरा मात्रै नभएर अल कायदाका नेता पनि थिए ।
गत महिना मात्रै उनको हत्या भएको खबर सार्वजनिक भए पनि अमेरिकी राष्ट्रपतिले पहिलो पटक यसबारे औपचारिक रुपमा अभिव्यक्ति दिएका हुन् ।
एजेन्सी































प्रतिक्रिया