काठमाडौं,
‘सुनिश्चित बाल अधिकार, सम्वृद्ध नेपालको आधार’ भन्ने मुल नाराका साथमा यस वर्षको बालदिवस आज मनाईंदैछ । यही अवसर पारेर नेपाल मानव धर्म सेवा समितिले आफ्नो कार्यालय परिसर गौशालामा शनिवार विभिन्न कार्यक्रम आयोजना गरेको छ ।
संस्कार युक्त बालदिवस मनाउने उद्देश्यका साथ समिति तथा विभिन्न संघसंस्थामा आवद्ध बालबालिकालाई एकै ठाउँमा भेला पारेर दिवस मनाइएको हो ।
सानैदेखि योग साधनाको अभ्यास गराउन सके भविष्यमा स्वस्थ नागरिक बन्ने विश्वासका साथ कार्यक्रममा सन्त महात्माले बालबालिकालाई योग तथा साधनाको अभ्यास गराएका थिए । कार्यक्रममा बालबालिकाले गीत, नाटक, नृत्य प्रस्तुत गरे ।
बालबालिकाको विकास, संरक्षण, स्वास्थ्य र सहभागिता जस्ता विभिन्न अन्तर्राष्ट्रिय प्रतिवद्धता पुरा गर्न हरेक वर्ष भदौ २९ गते नेपालमा बाल दिवस मनाउने गरिएको छ ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया