संसद विघटनविरुद्ध कांग्रेसले देशव्यापी प्रदर्शन गर्ने, कार्यक्रम आज तय हुने

संसद विघटनविरुद्ध कांग्रेसले देशव्यापी प्रदर्शन गर्ने, कार्यक्रम आज तय हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक संसद विघटनविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ। बुधबार पार्टी कार्यालय बीपी स्मृति भवन ललितपुरमा सुरु भएको बैठकमा प्रतिनिधिसभा विघटनबारे छलफलमा केन्द्रीत भएको हो।

कांग्रेसले संसद विघटन विरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेपनि प्रदर्शनको मिति र कार्यक्रम  विहिबारको बैठकले तय गरी सार्वजनिक गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार संसद विघटन गर्दै आगामी बैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन मिति घोषणा भएपछि केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बसेको हो ।

बुधबारको बैठकले पौष १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका कार्यक्रम देशव्यापी रुपमा मनाउने निर्णय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। कांग्रेसले जारी गरेको विज्ञप्तिमा आजको बैठकमा केन्द्रीय सदस्यहरु डा. रामशरण महत, बलबहादुर के.सी., आनन्दप्रसाद ढुगाना र गगनकुमार थापाले धारणा राखेका थिए।

बैठकले कोरोना संक्रमित भई हाल अस्पतालमा उपचाररत पार्टीका पूर्व महामन्त्री एवं केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ। केन्द्रीय कार्यसमितिको बैठक बिहीबार १ बजे बस्ने पुन: बस्ने पौडेलले बताए।

सरकारले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरेपछि पार्टीको आगामी रणनीति बनाउन कांग्रेस आन्तरिक छलफलमा जुटेको छ। प्रतिनिधिसभा विघटनलाई सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदम भएको निष्कर्ष निकालेको कांग्रेसभित्र सडक संघर्षमा जाने कि निर्वाचनमा जुट्ने भन्नेमा एकमत छैन।अन्नपूर्णबाट

Skip This
Skip This
Logo