एसीमा बस्दै हुनुहुन्छ ? सावधान !

एसीमा बस्दै हुनुहुन्छ ? सावधान !

केन्द्रबिन्दु
0
Shares

कतिपय मान्छे एसीवाला कोठा भनेपछि हुरुक्कै हुन्छन् । यो गर्मीको मौसममा त अझ एसीको महत्व धेरै हुन्छ । त्यसैले  निर्धक्क एसी चलाएर आराम गर्ने धेरैको बानी हुन्छ ।

तर तपाइलाई थाहा छ । एसीले पनि हाम्रो स्वास्थ्यमा नराम्ररी असर गर्छ।  लामो समय एसीमा बस्दा विभिन्न स्वास्थ्य समस्याहरु देखिने चिकित्सकहरु बताउछन्।

एसीमा धेरै बस्दा खोकीको समस्या हुन्छ।  त्यस्तै एसीले फोक्सो र मुटुमा पनि असर गर्छ।  धेरियाबेर एसीमा बसेपछि शरीरमा आलस्यता बढ्छ।  एसीको हावाले छालामा संक्रमण हुन्छ।

जो व्यक्ति रातदिन एसीको हावामा बस्ने गर्छन उनीहरुमा गर्मी सहने शक्तिको कमी हुन्छ । कम गर्मीमा पनि गाह्रो र सहनै नसक्ने प्रवृत्तिको विकास भइसकेको हुन्छ ।

मानिसको सुन्दरता झल्काउने केश, आँखी भौ र परेला झर्ने समस्या पनि एसीको प्रयोगले बढ्ने गर्दछ । एसीको हावाले नयाँ केश पलाउन पनि रोक्ने गरेको चिकित्सकहरु बताउँछन् ।

त्यस्तै एसीको चिसो हावाले घाँटी दुख्ने, ओठ मुख सुख्खा हुने, आँखा सुख्खा हुने, टाउँको दुख्ने, मांसपेशीहरु दुख्ने जस्ता समस्या निम्त्याउछ।  त्यस्तै गरी श्वाप्रश्वासमा समस्या हुनुका साथै भाइरल इन्फेक्सनको खतरा समेत हुने चिकित्सकहरु बताउछन् ।

एसीको बढी प्रयोगले पुरानो रोग जस्तै हात–खुट्टा भाँएिको ठाउँको दुखाई, कम्मरको दुखाई जस्ता समस्याहरु देखा पर्छन । घाटी, हात, जोर्नी, ढाड र कम्मर चिसो हावाको प्रभावले बढी दुख्ने गर्दछ । लामो समयसम्म चिसोमा बस्दा शरीरको कतिपय अङ्गमा बेहोशी र स्पर्श महसुस नहुने समस्याहरु देखा पर्ने गर्छ । ब्लड प्रेसर पनि बढ्छ ।

Skip This
Skip This
Logo